एनआइसी एशिया बैंकद्वारा अनलाईन खाता सञ्चालनमा घरमै बसी खाता खोल्न सकिने

 अर्थबुलेटिन संवाददाता   २२ जेठ, २०७७



काठमाडौं । एनआईसी एशिया बैंकले अनलाईन खाता खोल्ने सक्ने व्यवस्था सञ्चालनमा ल्याएको छ । बैंकले घरमै बसी अनलाईन खाता खोल्न चाहने ग्राहकलाई थप सहज बनाएको हो ।

बैंकले प्रक्रियामा थप सुधार गरी छोटो समयमै खाता खोल्नसक्ने सुविधा ल्याएको हो। जसअनुसार ग्राहकले ईमेल, नाम, मोबाईल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि ग्राहकले दोस्रो चरण पूरा गर्न बैंकबाट इमेल प्राप्त गर्नेछन ।

दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहकले आफ्नो डकुमेन्ट समेत सहज रुपमा अपलोड गर्न सक्नेछन । साथै, विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुनेछ ।

विदेशमा रहेका ग्राहकले ईमेलमार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि ईमेलमार्फत अनुरोध गर्न सक्ने बैंकले जानकारी दिएको छ । यो प्रक्रिया प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नेछन्। तर बैंकले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिने बैंकले जनाएको छ ।

बैंकका अनुसार अब ग्राहकले खाता खोल्नको लागि चाहिने सबै विवरण तथा फोटो आफ्नो साथैमा राखी बैंकको वेबसाईटमा अनलाईन खाताको निवेदन भरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा हुने छ । यसरी अनलाईन खाता खोलेका ग्राहकले लकडाउन अवधिसम्म मोबाईल बैंकिङ्गमार्फत पहिलो कारोबार गर्दा ५०० सम्म नगद फिर्ता पाउनेछन ।

कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न गर्न समेत बैंकले अनुुरोध गरेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation