एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने, अन्तिम सम्झौतामा हस्ताक्षर

 अर्थबुलेटिन संवाददाता   २६ जेठ, २०७७



काठमाडौँ । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ती गनेृ भएको छ । प्राप्तीका बिषयमा दुबै बैंकबीच जेठ २५ गते आइतबार अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको एनएमबि बैंकले जनाएको छ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिने र जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने बिश्वास एनएमबीले लिएको छ ।

प्राप्ति पश्चात एनएमबीको सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ । यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई उक्त क्षेत्रका सर्वसाधारण जनताहरुलाई थप बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम हुने बैंकले विश्वास लिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation