सिटिजन लाइफको जीवन बीमा अब घरबाटै

 अर्थबुलेटिन संवाददाता   २७ जेठ, २०७७



काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले घरबाट नै अनलाईन मार्फत भुक्तानी गर्ने सुबिधा ल्याएको छ । ग्राहकहरुको व्यस्ततालाई ध्यानमा राख्दै र अहिले देशभर कोरोना भाइरसकाकारण उत्पन्न बिषम परिस्थीतिले गर्दा नेपाल सरकारद्धारा घोषणा गरिएको बन्दाबन्दीका कारण सबैजना घरैमा बस्नुपरेको अहिलेको परिस्थितिमा आफ्नो र आफ्नो परिवारको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी आवश्यक सुरक्षा कदम चाल्नुपर्ने हालको परिस्थिती र  समयको आवश्यकता समेतले अनलाईन मार्फत बिमालेख प्रस्ताव दाखिला गर्ने सफटवेयर प्रणाली सञ्चालनमा ल्याएको हो ।

यो सुविधा अन्र्तगत अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइनमार्फत लिन सकिने छ । यसै क्रममा अनलाइनमार्फत बीमा पोलिसी खरिद गर्ने ग्राहकहरुलाई कम्पनीले  धन्यवाद समेत प्रदान गरेको छ ।

बीमा योजना खरिद गर्नको लागि कम्पनीको वेबसाईट वा मोबाईल मार्फत लग इन गरी एजेन्ट पोर्टल अन्तरगत गएर ग्राहकहरुको लागि इच्छाएको बीमा योजना अभिकर्ता मार्फत खरिद गर्न सकिने छ ।

ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म आउनु पर्ने अवस्थालाई सहज वनाउनर समयको बचत हुनुको साथै ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने कम्पनीको डिजिटल सिटिजन अभियान अन्तरगत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जनाएको छ ।

साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी हालै लकडाउनको परिस्थितिमा समेत घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि ई सेवा फोन पे, कनेक्ट आईपीएस बैङ्किङ्ग सुविधा उपलव्ध गराएको छ भने ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation