दावी रकम भुक्तानीमा सिद्धार्थ इन्स्योरेन्सको उच्च प्राथमिकता

 अर्थबुलेटिन संवाददाता   २८ जेठ, २०७७



काठमाडौं । विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको कारण सृजित असामान्य परिस्थितिले सामाजिक ,आर्थिक कृयाकलापलाई दिर्घकालिन असरमा पु¥याई रहेको परिप्रेक्ष्यमा सिद्धार्थ इन्स्योरेन्स वीमा दावी भुक्तानी गर्न तर्फ केन्द्रित रहेको छ ।

यस विषम परिस्थितिमा समेत वीमित आकांक्षा अनुरुपको वीमा सेवा प्रदान गर्ने लक्षका साथ नेपाल सरकारलेतोकेको मापडण्ड अनुरुपसुरक्षात्मक विधि अपनाई लकडाउनको समयमा सिमित कर्मचारीहरु द्धारा सामाजिक तथा भौतिक दूरी कायम गर्दै  कार्यालय सञ्चालन गरि वीमा दावीे फर्छयौट कार्यलाई उच्च प्राथमिकता साथसम्पन्न गरि दावी रकम भुक्तानी गर्दै आएको कम्पनीले जनाएको छ ।

यसै सन्दर्भमा कम्पनीले वीमित यति प्लाष्टिक ईण्डष्ट्रिज प्रा.ली.लाई रु.३,६७,५०,०००/–तथा ओम प्लाई उड एण्ड फर्निचर ईण्डष्ट्रिज प्रा.ली.को रु.१,५९,००,०००/– बराबरको दावीहरु फर्छयौट गरि दावी रकमको चेक हस्तान्तरणगरेको छ ।

लकडाउनको करीब तीन महिनाको अवधीमा कम्पनीले रु. १३,११,५९,२९५/– दावी भुक्तानी गरेको छ । आ.व. २०७५÷२०७६ मा कूल रु.१,१६,१३,९८,१८७/– दावी भुक्तानी गरेको थियो भने आ.व. २०७६/२०७७ हाल सम्मको अवधिमा रु.७९,०२,०८,६३९/– दावी भुक्तानी गरेको छ ।

वीमितको हितलाई केन्द्रविन्दुमा राखेर वीमा दावीको भुक्तानी गर्ने लक्ष्य रहेको र वीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शि वनाउने तर्फ कम्पनी प्रतिवद्ध रहेको जानकारी पनि कम्पनीले दिएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation