अन्तरिम लाभांस वितरण गर्दै सेञ्चुरी बैंक

 अर्थबुलेटिन संवाददाता   २९ जेठ, २०७७



काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकले अन्तरिम लाभांस वितरण गर्ने भएको छ । बैकले  आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रुपैयाँ ३० पैसाको चार दशमलव ७५ प्रतिशतले हुुन आउने रकम ३९ करोड ९७ लाख ३४ हजार आठ सय ९९ रुपैयाँ ८७ पैसा वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लाभांस वितरण सम्वन्धी उक्त प्रस्ताव स्वीकृत समेत भईसकेको अवस्थामा हाल विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा उक्त स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारण सभा हुन नसकी अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ ।

यो अवस्तामा बैंकले शेयरधनीहरुलाई केही राहत महसुस गराउने हेतुले उक्त स्वीकृत नगद लाभांसको तीन प्रतिशत रकम अर्थात् २५ करोड २४ लाख ६४ हजार एक सय ४७ रुपैयाँ २८ पैसा बाट आवश्यक लाभांस कर कट्टी गरी हुन आउने लाभांस रकम २३ करोड ९८ लाख ४० हजार नौ सय ३९ रुपैयाँ ९२ पैसा यही फागुन ३० गतेसम्ममा कायम भएका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमा वितरण गर्ने निर्णय सञ्चालक समितीले गरेको जानकारी बैंकले दिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation