मुक्तिनाथ विकास बैंकले गर्यो मृतकको ऋण मिनाहा

 अर्थबुलेटिन संवाददाता   ३० जेठ, २०७७



काठमाडौं । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ विभाग अन्तर्गत आफ्नो बैंकमा नियमितरुपमा कारोवार गर्दै आएका ग्राहक सदस्यहरुलाई लगानी गरेको कर्जा रकबम ग्राहकहरुले कर्जा संचालन गरिरंहदा सदस्यको मृत्यू तथा संरक्षकको मृत्यू र सदस्यको परियोजनमा आगलागी भई क्षती भएको हुँदा बैंकले छुट्टाछुटै कार्यालयहरुबाट ग्राहक सदस्यहरुको कर्जा मिनाहा, काजकिरिया खर्च तथा आगलागी राहत वितरण गरेको छ ।

बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिएकी कैलीदमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिएकी कान्छी मर्हजनको असमायिक निधन भएको हँुदा निजले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज तथा काजकिरिया रकबम क्रमशः एक लाख आठ हजार सात सय १७ रुपैंया र एक लाख १४ हजार ८० रुपैंया मृतक कै घरमागई प्रदान गरिएको बैंकले जनाएको छ ।

यसैगरी, बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानीखोला की दुर्गा भण्डारीको श्रीमानको असमायिक निधन र टोखा २, बानियाटारकी मैया बानीयाको श्रीमानको असमायिक मृत्यू भएको हुदा काजकिरिया खर्च वापत पाँच हजार रुपैयाँ प्रति सदस्य राहत प्रदान गरिएको बैंकले जनाएको छ ।

यसैगरी, बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भै क्षति पुग्न गएको हुदाँ निज सदस्यको परियोजनाको स्थलगत निरिक्षण गरि राहत स्वरुप पाँच हजार रुपैयाँ रकम वितरण गरेको जानकारी पनि बैंकले दिएको छ ।

यसरी विभिन्न शाखा कार्यालयहरुवाट कुल जम्मा दुुई लाख २७ हजार सात सय ९७ कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

विषम परिस्थितीको यो समयमा पभन बैंकका कर्मचारीहरु सामाजिक तथा भौतिक दुरी कायम गर्दै ग्राहकहरुलाई स्थलगत रुपमा नै उपस्थित भै कर्जा मिनाह तथा राहत वितरण गरेको उनले बताए ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation