नेपाल बंगलादेश बैँकद्वारा मुद्दती योजनामा कोभिड–१९ को बीमा योजना सुरु

 अर्थबुलेटिन संवाददाता   ३२ जेठ, २०७७



काठमाडौं । नेपाल बंगलादेश बैँकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकहरुलाई एक लाखको कोभिड-१९ बीमा गरिदिने योजना ल्याएको छ ।

हालको स्वास्थ परिस्थितीलाई मध्यनजर गर्दै नेपाल बंगलादेश बैँकले यो योजना ग्राहकको आवश्यकता महसुस गरी पस्केको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले न्यूनतम एक लाख रुपैयाँको मौज्दातको दुुई वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्ने बैंकले जानकारी दिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation