कोरोना रोकथाम कोषमा घरेलु लघुवित्तद्घारा आर्थिक सहयोग

 अर्थबुलेटिन संवाददाता   ३२ जेठ, २०७७



काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्द लड्न कार्यक्षेत्र भित्र परेका स्थानीय निकायहरुलाई आर्थिक सहयोग गर्ने कार्य निरन्तर गर्दै आइरहेको छ ।

सोही क्रममा लघुवित्तको शाखा कार्यालयहरु कुलेखानी, मकवानपुर, पोखरिया, पर्सा र बनेपा, काभ्रेका शाख प्रबन्धकहरु क्रमशःनेत्र प्रसाद निरौलाले इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालाई, सरोज कुमार महतोले पोखरिया नगरपालिकाका मेयर दिपनारायण प्रसाद रौनियारलाई र राम प्रसाद पन्तले बनेपा नगरपालिकाका उपमेयर रेखा दाहाल सापकोटालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा तीन वटै शाखाले १० हजार रुपैयाँको दरले जम्मा तीन वटा स्थानीय निकायलाई ३० हजार रुपैयाँको आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका छन् ।

यो रकमले कोरोना रोकथाम नियन्त्रण तथाकोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation