बैंक तथा फाईनान्सहरुलाई साविककै समयमा सञ्चालन गर्न राष्ट्र बैंककोे निर्देशन

 अर्थबुलेटिन संवाददाता   १ असार, २०७७



काठमाडौँ । बैंक तथा फाईनान्स कम्पनीहरुलाई साविक बमोजिम कै कार्यालय समयमा बित्तीय सेवा सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले आईतबार अनुुमतीप्राप्त क, ख, ग र घ बर्गका संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

निर्देशन अनुसार  सोमबारबाट बैंक तथा फाईनान्स कम्पनीहरुले सेवाग्राहीको चाप मुल्यांकन गरी बढी भिडभाड हुुने स्थानहरुमा आवस्यकता अनुसार बिभिन्न चरणमा सेवा प्रवाह गर्ने व्यवस्था गरी बिहान आठ बजेदेखि साँझ छ बजेसम्म सेवा प्रवाह गर्ने सुनिश्चितता प्रदान गर्नुुपर्ने, सेवाग्राहीको भिडभाड कम हुुने तथा दुरी कायम हुुने गरी लामवद्ध हुुने व्यवस्था गर्नुुपर्ने, बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्र्पकमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्युनीकरण गर्न आवस्यक स्वास्थ सुरक्षाका न्युुनतम उपायहरु स्यानीटाईजर, मास्क, थर्मल स्यानिङ, ह्याण्ड वास, ग्लोभ्स लगायतका व्यवस्थाहरु गर्नुुपर्ने एवं बिद्युतीय कारोवारलाई थप प्रोत्साहन गर्ने गरी कारोवारको व्यवस्था मिलाउनुु पर्ने छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation