दुुई विद्यालयलाई शौचालय निर्माण गर्न महालक्ष्मी विकास बैंकको सहयोग

 अर्थबुलेटिन संवाददाता   २ असार, २०७७



काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले दुई वटा विद्यालयलाई रकम सहयोग गरेको छ । बैंकले भैरहवा र चितवनका स्कुललाई शौचालय निर्माणका लागि तीन लाख रुपैयाँ सहयोग गरेको हो । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दे भरतपुर महानगरपालिकामा रहेको जखडीमाई राष्ट्रिय आधारभूत विद्यालय र भैरहवाको भानु माध्यामिक विद्यालयमा निर्माण गर्न लागेको शौचालयलाई डेढ डेढ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका संचालक राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थ नगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलाई चेक हस्तान्तरण गरे। नारायणगढमा बैंकका शाखा प्रवन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई डेढ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुुन् ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation