करुणा फाउन्डेसन नेपाललाई सानिमा बैंकद्वारा १० लाख प्रदान

 अर्थबुलेटिन संवाददाता   २ असार, २०७७



काठमाडौँ ।  सानिमा बैंक लिमिटेडले करुणा फाउन्डेसन नेपाललाई १० लाख रुपैयाँ सहयोग रकबम उपलब्ध गराएको छ । जन्मजात हुने अपा¨ता रोकथाम तथा अपा¨ता भएका व्यक्तिहरु लक्षित “अपा¨ता रोकथाम तथा पुुनस्र्थापना कार्यक्रम” मार्फत् अपा¨ता भएकाहरुका लागि आवश्यक सहायक सामाग्रीहरु ( ह्विल चेयर, श्रवण यन्त्र लगायत) खरिद प्रयोजनका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग रकबम उपलब्ध गराएको हो ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश १, पालिकाहरु र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत तथा सञ्चालन साझेदारीमा सञ्चाल नहुने यस कार्यक्रमले अपा¨ता भएका व्यक्ति तथा उनीहरुका परिवारको जीवनको गुणस्तर बढाउन यस प्रकारको सहयोगले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रदेश १ का १४ जिल्लाहरु तथा १३७ पालिकाहरुमा मात्रै करिब १ लाख अपा¨ता भएका व्यक्तिहरु रहेको करुणा फाउन्डेसनले जनाएको छ ।

बैंकले देशका सातै प्रदेशबाट ७९ शाखा, ६ वटा विस्तारित काउन्टर र ८१ एटीएम मार्फत् आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation