

८ बैशाख, २०८२ | 21 Apr, 2025
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाईड्रो पावर सम्वन्धी मुद्दा जितेपछि ईटालियन बैंकबाट रकम फिर्ता पाएको छ । बैंकका अनुसार बुुधबार बैंकले ईटालियन बैंकबाट झण्डै दुुई अर्ब नेपाली रुपैयाँ फिर्ता पाएको हो ।
बैंकका अनुसार इन्भेष्टमेन्टले गत सातामात्र इटलीको अदालतबाट तनुुंह हाईड्रोसंग सम्वन्धीत दुुई अर्ब रुपैयाँ भन्दा बढीको मुुद्धा जितेको थियो । सोही अनुुसार उक्त रकम फिर्ता आएको हो ।
बैकका अनुसार तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) काउन्टर ग्यारेन्टी बसे बापतको रकम फिर्ता पाएको हो ।