बुढानिलकण्ठ वेद विद्याश्रमलाई सनराइज बैंकद्वारा आर्थिक सहयोग

 अर्थबुलेटिन संवाददाता   ७ असार, २०७७



काठमाडौँ । देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदि बारे शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रममा ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् ।

हालको स्थितिमा उक्त विद्याश्रमलाई त्यहा बसोबास गर्दै आएका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएको र आर्थिक सहयोगको आवश्यकता परेको जानकारी प्राप्त भए अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग गरेको छ ।

शनिबार एक कार्यक्रम बीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्तरूपमा दुुई लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

साथै बैंकले पूजासामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीस स्वामी निगमानन्दलाई हस्तान्तरण गरेको जनाएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation