२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सुचना जारी गरी सेयर कारोबार पुुन स्थगित गरिएको जानकारी दिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार लक डाउनको अवधिभर धितोपत्रको दोस्रो बजारको कारोवार साविक बमोजिम स्थगन गर्ने व्यवस्था मिलाउन निर्देशन प्राप्त भएपछि सोही अनुरुप धितोपत्र कारोबार स्थगन गरिएको हो ।
नेप्सेको यही असार छ गतेको निर्णय अनुसार धितोपत्र सुचीकरण तथा कारोवार नियमावली २०७५ को नियम २१ को उपनियम १ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नभएसम्मको लागि यही असार सात गते अर्थात आज आईतबारबाट धितोपत्रको दोस्रो बजारको कारोवार स्थगित गर्ने निर्णय गरिएको र उक्त निर्णय कार्यान्वयनमा ल्याउन नेप्सेले निर्देशन दिएको छ ।