सानिमा बैंकद्वारा अपाङ्गता मैत्री वेभसाइट सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   ७ असार, २०७७



काठमाडौं । सानिमा बैंकले नेपाली बैंकिङ क्षेत्रमा नै पहिलो पटक अपांगता मैत्री वेभसाईट सार्वजनिक गरेको छ । विगत १५ वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ठ सेवा प्रदान गर्दै आएको सानिमाले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्ग मैत्री वेभसाइटको शुरुवात गरेको हो ।

यो वेभसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कबम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाहृो हुने व्यक्तिहरुको लागि उपयोगी हुने बैंकले जानकारी दिएको छ ।

वेभसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पभन अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पु¥याउने प्रयास गरेको छ ।

यो सुविधा प्रयोग गर्नका लागि बैंकको वेभसाइट डब्लुु डब्लुु डब्लुु सानिमा बैंक डट कम गई दायाँको डिस्एबिलिटी फ्रेन्डली आईकन क्लिक गरी मेनुमा गई आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेभसाइटको प्रयोग गर्न सकिनेछ । यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध  रहेको बैंकले जनाएको छ ।

समयक्रम सँगै अन्य अपाङ्गतामैत्रीे सेवा सुविधाहरु थपविस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहजरुपमा पूरा गर्ने बैंकको उद्देश्य रहेको छ ।

बैंकले देशभरका सातै प्रदेशबाट ७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटिएममार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation