बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी रकम भुक्तानी

 अर्थबुलेटिन संवाददाता   ८ असार, २०७७



काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा बिओके सुपर तलब खातामा विभिन्न सुबिधाहरुका साथ सात लाख रुपैयाँ बराबरको दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको बीमा सुबिधा उपलब्ध गराउँदै आईरहेको छ । 

यस खातामा रहेका थुप्रै सुबिधाहरुको प्रयोगवापत लाभ लिन नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनी प्रा.लि.ले कर्मचारीहरुको तलब खाता बैंक अफ काठमाण्डू लिमिटेडको हेटौंडा शाखामा विगत केही समय देखि संचालन गर्दै आईरहेको छ ।

साथै, बैंकको उक्त तलब खातामा रहेको बीमा सुबिधा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराउँदै आएको थियो ।

उक्त ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएको थियो । निधनपश्चात् स्व.सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले उक्त बीमा दाबी रकम  सात लाखको हस्तान्तरण गरेका हुुन ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation