

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिएका बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकबम मिनाहा र फिर्ता गरेको छ ।
बैंकले निजले लिएको बिना धितो कर्जाको भुक्तान गर्न बाँकी रकम रु.२२,४९९।०० मिनाह गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज रु.२०३,४८३।०० र काजक्रिया खर्च बापतको रकम रु.५,०००।०० समेत गरी जम्मारु.२,०८,४८३।०० (अक्षरुपीदुई लाखआठ हजार चार सय त्रियासी रुपैंया मात्र) बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघु बैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
बैंकले समुहमा आवद्ध र बिना धितो कर्जा उपभोग गरेका सदस्यको मृत्यु भएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको छ ।