एन आई सी एशिया लघुुबित्तद्वारा साधारण सेयर बिक्री खुल्ला

 अर्थबुलेटिन संवाददाता   १० असार, २०७७



काठमाडौँ । एन आई सी एशिया लघुुबित्त बित्तीय संस्थाको ४७ करोड ५५ लाख रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला भएको छ । संस्थाले आज बुुधबारबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ४७ लाख ५५ हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।

सेयर बिक्री प्रर्वन्धक सानिमा क्यापिटल लिमिटेड रहेको संस्थाको सेयर बिक्री कार्य छिटोमा असार १४ गते र ढिलोमा असार २४ गते बन्द हुुने छ । खरिदकर्ताहरुले न्युुनतम १० देखि अधिकतम दुुई लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन ।

बिक्री गरिएको कुुल सेयर मध्येमा शुन्य दसमलव पाँच प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि, पाँच प्रतिशत अर्थात दुुई लाख ३७ हजार आठ सय कित्ता शेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ४४ लाख ४३ हजार दुुई सय कित्ता सर्बसाधारणमा लागि छुुट्याईएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation