

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको अग्रणी इ(कमर्श प्लेट्फार्म खेती फु्डससँग आफ्नाग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेल पे खेती अफरको लागि सहकार्य गरेको छ । सम्झौता अनुसार यो अफर असार ११ गते देखि सुरु भएको छ ।
यो अफर अन्तर्गत ग्राहकहरुले खेती एप्पवा वेब एप्लिकेसनबाटकुनै पनि सामान खरीद गरी सेलपेबाट भुक्तानी गरे ५० प्रतिशतसम्मको डिस्काउन्ट कुपनका साथै एक हजार भन्दामाथि रकमको सामानको खरिदमा एक किलो टमाटर सितैमा पाउनेछन् ।
सेलपे खेती अफरमा सहभागीभई डिस्काउन्ट कुपन पाउनको लागि खेती एप्प वा वेब एप्लिकेसनबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुहोस् र पे भिआ सेल पे मा ट्याप गरि आफ्नो सेल पे युजर नेम र पासर्वड राखी बैंक छनौट गरेर भुक्तानी गर्नुुपर्ने छ । अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्र्न सकिने छ ।
सेलपे सेवा मोबाइलतथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्यविशेषताहरुमा बास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षि, लोयाल्टी पोइन्ट्स पाईने आदि रहेकाछन ।
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, , बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, कोविड(१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, आदि वास्तविक समयमा गर्न सकिन्छ ।
यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहजरुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवा गुगल प्ले स्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।