

२७ बैशाख, २०८२ | 10 May, 2025
काठमाडौं । निर्माण व्यवसायीलाई सडक विभागबाट भुक्तानी पाउनुपर्ने रकम रु सात अर्ब पुगेको छ । उक्त रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको हो । विभागका प्रवक्ता उपमहानिर्देशक शिवहरि सापकोटाका अनुसार यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व विभागको दायत्व रहेको छ ।
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण भुक्तानी गर्नुपर्ने रकम विभागले दिन सकेको थिएन । आर्थिक वर्षको अन्तिम भएकाले विभागले चालू आबको भुक्तानी यही महिनाभर गरिसक्नुपर्ने बाध्यता छ । उनले निर्माणको काम भइसकेको ठेक्कामा भुक्तानी गर्नुपर्ने विभागको जिम्मेवारी भएको बताए । उनले भने– ‘काम गरेपछि पैसा माग्नु स्वभाविक हो, चाँडो भुक्तानीका लागि पहल गरिरहेका छौँ ।’
उपमहानिर्देशक सापकोटाले विभागमा यही २५ गतेसम्ममा भुक्तानीका लागि विल आइसक्ने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग यस विषयमा कुराकानी भइरहेको छ ।