पहिलो दिन नै सेयर कारोवार निराशाजनक, झण्डै १३ अंकले घट्यो

 अर्थबुलेटिन संवाददाता   १५ असार, २०७७



काठमाडौं । कोरोना भाईरस (कोभिड १९) को महामारी नियन्त्रण तथा रोकथामको लागि सरकारले चैत ११ गते लकडाउनको घोषणा गरेपश्चात खुुलेको पहिलो दिनको सेयर कारोवार निराशाजनक देखिएको छ । आज सोमबार नेप्से १२ दशमलव ८७ अंकले घटेर ११ सय ८८ दशमलव ७० अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि चार दशमलव तीन अंकले घटेर दुुई सय ५६ दशमलव २९ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ३० वटा कम्पनीहरुको चार हजार आठ सय ६२ कारोवारमा नौ लाख ७० हजार ७६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ३४ करोड ७७ लाख ७१ हजार आठ सय ३३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक घटेर तीन वटा समुहको सुचक बढेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २५ दशमलव २२ अंकले घटेर एक हजार १६ दशमलव २८ अंकमा झरेको छ भने विकास बैंक समुहको सुचक ६३ दशमलव छ अंकले घटेर १६ सय २४ दशमलव ६८ अंकमा पुुगेको छ । यसैगरी जलबिद्युुत, निर्जिवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

उत्पादनमुुलक समुहको सुचक भने आज एक सय दुई दशमलव ९८ अंकले बढेर २४ सय ९३ दशमलव ६३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि दुुई सय ३७ दसमलव ६२ अंकले बढेर छ हजार सात सय ४७ दशमलव सात अंकमा पुुगेको छ । अन्य समुहको सुचक पनि आज बढेको छ ।


आज बढी कमाउने कम्पनीको सुचीमा नागरिक लगानी कोष परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा स्वालम्वन लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी कारोवार भएको रकमको आधारमा भने आज हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation