काठमाडौंको काँडाघारीमा नेपाल बङ्गलादेश बैंकको ९६ औं शाखा

 अर्थबुलेटिन संवाददाता   १६ असार, २०७७



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो ९६ औं शाखा काठमाडौं जिल्लाको काँडाघारीमा संचालनमा ल्याएको छ । बैंकले सोमबारबाट काठमाडौं जिल्लाको काँडाघारीमा शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो ।

उक्त शाखाको औपचारिक समुद्घाटन बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले गरेका हुुन । बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन ।   
काँडाघारी शाखा सहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation