कोरोना कोरोना रोकथाम कोषमा इन्फिनिटी लघुवित्तको सहयोग

 अर्थबुलेटिन संवाददाता   १६ असार, २०७७



काठमाडौं । हाल विश्व भर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट अधिकांश मुलुकहरु प्रत्यक्ष रुपमा प्रभावित भइरहेको सन्दर्भमा नेपालमा पनि अधिकांश ठाउँका मानिसहरुमा कोरोना भाइरस संक्रमण भई क्वारेन्टाइनमा रहन गएको व्यहोरा विदितै छ ।

यस विषम परिस्थितिमा कोरोना भाइरस लाग्न बाट बच्न र लागेकाहरुलाई बचाउन नेपाल सरकार बाट सहयोगको आव्हान गरिएकोमा कोषमा इन्फिनिटी लघुबित्त बित्तीय संस्थाले चार लाख १३ हजार रुपैयाँ सहयोगि गरेको छ ।

उक्त आर्थिक सहयोग रकमयस संस्थाका ४७ वटा शाखा कार्यालयहरु अवस्थित स्थानीय तह (महानगर/उपमहानगर÷नगरपालिका÷गाउँपालिका) ले स्थापना गरेको कारोना भाइरस संक्रमण रोगथाम, नियन्त्रण तथा उपचार कोषमा सम्बन्धित शाखा कार्यालय मार्फत उपलब्ध गराइने व्यहोरा जानकारीको लागि अनुरोध गरिएको संस्थाले जानकारी दिएको छ ।

यसैगरी संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीहरुको एक लाखको कोरोना भाइरस (कोभिड १९) बीमा गरिएको व्यहोरा जानकारी गराएको छ । यसकार्यबाट ग्रामीण विपन्न परिवारको आर्थिक स्तर उकास्न प्रतिबद्ध संस्थाका सबै कर्मचारीहरुको मनोवल उच्च हुने विश्वास लिएको संस्थाले जनाएको छ ।

संस्थाले हाल २९ जिल्लामा ६० वटा शाखा कार्यालय मार्फत ३३ हजार भन्दा बढी सदस्यहरूलाई रू. १ अर्व ९४ करोड भन्दा बढी लघु कर्जा प्रवाह गरेको र  रू. ६० करोड भन्दा बढी निक्षेप जम्मा गरी लघु बिमा तथा सुरक्षण र विप्रेषण लगायतका लघु वित्त वित्तीय सेवाहरू प्रदानगर्दे आइरहेको छ ।

संस्थाले विपन्न वर्गको उत्थानको लागि आगामी दिनमा शाखा कार्यालय मार्फत ग्राहक मैत्री प्रबिधि, वित्तीय साक्षरता, स्वास्थ्य शिविर लगायतको नवप्रवर्तकारी सेवा तथा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको जनाएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation