नेपाल स्टक र गुडविल फाईनान्सबीच (ऋणपत्र) सूचिकरण गर्ने सम्झौता

 अर्थबुलेटिन संवाददाता   १६ असार, २०७७



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र गुडविल फाईनान्सबीच सम्झौता भएको छ । आज मंगलबार नेप्से र गुुडविलबिच ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको दुुई लाख ५० हजार थान १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ (ऋणपत्र) सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआइािएल एस क्यापिटल मार्फत् २,५०,००० थान १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २,५०,००० थान ऋणपत्र वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

ऋणपत्र सूचीकरण सम्झौतापत्रमास्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले हस्ताक्षर गरेका हुुन ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation