आज भने देखियो नेप्सेमा उछाल७२ अंकले बढ्दा लगानीकर्ता हर्षित

 अर्थबुलेटिन संवाददाता   १६ असार, २०७७



काठमाडौं ।  नेप्से एकै दिन ७२ अंकले बढेको छ । लक डाउन खुुकुुलो भएपछि खुुलेको दोस्रो दिन नेप्से ७२ दशमलव पाँच अंकले बढेर १२ सय ६० दशमलव ७५ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६३ अंकले बढेर दुुई सय ७१ दशमलव ९२ अंकमा पुुगेको छ ।

आज कारोवार खुुलेको पहिलो केही समयमा नै नेप्से उच्च अंकले बढेपछि बजारलाई नियन्त्रणमा राख्न दुुई पटक सर्किट ब्रेक लगाईएको छ । नेप्सेमा आज एक सय ३४ कम्पनीहरुको दुुई हजार नौ सय १९ वटा कारोवारमा चार लाख ८९ हजार पाँच सय ३७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २२ करोड ७२ लाख १२ हजार एक सय ९४ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल र सामुुहिक लगानी कोष समुहको घटेकाछन् भने बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ७३ दशमलव ७२ अंकले बढेर एक हजार ९० अंकमा पुुगेको छ भने बिकास बैंक समुहको सुचक ६५ दशमलव ६६ अंकले बढेर १६ सय ९० दशमलव ३३ अंकमा पुुगेको छ ।

जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा नागरिक लगानी कोष पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

यसैगरी रकम कारोवारका आधारमा भने आज हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation