२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । नेप्से आज बुुधबार पनि उच्च अंकले बढेको छ । नेप्सेको उच्च बृद्धिदर नरोकिएपछि आज तीन पटक सर्किट ब्रेक लागेको छ । सोही आधारमा नेप्से आज ७५ दशमलव ७७ अंकले बढेर १३ सय ३६ दशमलव ५२ अंकमा पुग्दा सेन्सिटिभ १५ दशमलव एक अंकले बढेर दुुई सय ८७ दशमलव एक अंकले बढेर दुुई सय ८७ दशमलव दुुई अंकमा पुुगेको छ ।
नेप्सेमा आज एक सय ३५ कम्पनीहरुको तीन हजार आठ सय ९० वटा कारोवारमा ११ लाख एक हजार दुुई कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकबम ४० करोड ७३ लाख ५२ हजार दुुई सय ४७ रुपैयाँ पुुगेको छ । नेप्से खुुलेको पहिलो केही मिनेट देखि नै नेप्से उच्च अंकले बढेपछि तीन पटक सर्किट ब्रेक लगाईएको छ ।
कारोवार खुुलेको पहिलो १३ मिनेटमा नै चार प्रतिशत बढेर २० मिनेटको लागि बन्द भएको नेप्से ३५ मिनेटमा पुुन ५ प्रतिशतले बढेर ४० मिनेटको लागि बन्द भएको थियो । सो पश्चात ९ मिनेट कारोबार हुँदा नेप्से सूचक थप एक प्रतिशतले बढेपछि दिनभरको लागि बजार बन्द भएको छ ।
आज होटल समुहको सुचक घटेर १४ सय ७७ दसमलव २६ अंकमा पुगेकोमा भएपनि बाँकी समुहको सुचक भने उच्च अंकले बढेकाछन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक ८२ दशमलव तीन अंकले बढेर ११ सय ७२ दशमलव ३० अंकमा पुुगेको छ भने विकास बैंक समुहको सुचक ५७ दशमलव छ अंकले बढेर १७ सय ४७ दशमलव ३९ अंकमा पुुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि आज तीन सय २२ दशमलव ४१ अंंकले बढेर पाँच हजार छ सय ५९ दसमलव ३५ अंकमा पुुगेकोमा जीवन बीमा समुहको सुचक पनि पाँच सय ४८ दशमलव ५३ अंकले बढेर सात हजार नौ सय ३० दशमलव ५७ अंकमा पुुगेको छ । जलबिद्युुत, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि पनि आज उच्च अंंकले बढेकाछन् ।
कमाउने कम्पनीको सुचीमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड पहिलो स्थानमा परेको छ भने गुमाउने कम्पनीको सुचीमा नेशनल माईक्रो फाईनान्स बित्तीय संस्था पहिलो स्थानमा परेको छ । बढी रकम कारोवारका आधारमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।