गरिमा विकास बैंकले व्याजमा छुुट दिने

 अर्थबुलेटिन संवाददाता   १७ असार, २०७७



काठमाडौं । गरिमा विकास बैंकले व्याज छुुट दिने घोषणा गरेको छ । बैंकका अनुसार नेपाल राष्ट्र बैंकको बैशाख १६ गतेको निर्देशन अनुसार बैशाख, जेठ र असार महिनाको व्याजमा दुुई प्रतिशत छुुट दिने निर्णय गरिएको थियो । तर यो बाहेक असार महिनाको व्याज रकम भने राहतस्वरुप पुरै छुट दिने निर्णय गरिएको बैंकले जानकारी दिएको छ ।

कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले चैत ११ गतेदेखि घोषणा गरेको देशव्यापी लक डाउनका कारण यात्रुुबहाक सार्वजनिक यातायात क्षेत्रलाई अत्याधिक प्रभाव परेको देखिएकाले सुरक्षणकोरुपमा रहेको सम्वन्धीत सवारीसाधन समेत धितो राखी बिकास बैंकले यात्रुुबहाक कालो नम्बर प्लेट र पर्यटको सवारीको लागि प्रयोग हुने हरियो नम्वर प्लेटको सवारी साधन अर्थात बस, मिनिवस, माईक्रो बस, जीप र ट्याक्सी लगायत खरिदको लागि हायर पर्चेज शिर्षकमा कर्जा उपयोग गरेका ग्राहकरुलाई व्याज छुुट दिने घोषणा गरेको हो । यो छुुटले ग्राहकहरुलाई थोरै भएपनि राहत पुुग्ने बिश्वास बैंकले लिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation