२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । अघिल्लो दुुई पोजेटिभ सर्किट ब्र्रेक लागेको सेयर बजारमा साताको अन्तिम कारोवार दिन आज बिहिबार भने तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ । कारोवार खुुलेको २३ मिनेट जाँदा पुरै निगेटिभ भएको थियो ।
सो पश्चात २० मिनेटको लागि कारोवार स्थगित भएको थियो । सो पश्चात बजार खुुलेपनि पुुन नेप्से घटेको थियो । ११ः४७ मा नेप्से पाँच प्रतिशतले घटेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लगाईएको थियो । सो पश्चात बजार खुुले पनि १२ः४० मा नेप्से पुुन छ प्रतिशतले घटेपछि पुरै दिनको लागि सेयर कारोवार रोक्का भएको छ ।
सोही कारण नेप्से आज ८० दशमलव ४१ अंकले घटेर १२ सय ५६ दशमलव ११ अंकमा पुग्दा सेन्सिटिभ पनि १७ दशमलव ९९ अंकले घटेर दुुई सय ६९ दशमलव तीन अंकमा झरेको छ । आज एक सय ४१ वटा कम्पनीहरुको आठ हजार चार सय नौ वटा कारोवारमा १० लाख ६१ हजार आठ सय ९० कित्ता सेयर खरिद बिक्री हुंंदा कारोवार रकम ४७ करोड ६६ लाख ५४ हजार नौ सय ७१ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोवार भएकोमा सामुुहिक लगानी कोष बाहेक बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक ८७ दशमलव १४ अंकले घटेर एक हजार ८५ दशमलव १७ अंकमा पुुगेकोमा विकास बैंक समुहको सुचक पनि ७६ दशमलव ३५ अंकले घटेर १६ सय ७१ दशमलव चार अंकमा पुुगेको छ ।
जलबिद्युत, उत्पादनमुुलक, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, अन्य र लघुुबित्त समुहको सुचक पनि घटेकाछन् । आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समिट माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सोल्टी होटल समुह परेको छ । रकम कारोवारको आधारमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।