कोरोनाका कारण मारमा परेकालाई महालक्ष्मी विकास बैंकद्वारा राहत प्रदान

    १९ असार, २०७७



काठमाडौं ।  महालक्ष्मी बिकास बैकले कोरोना भाईरस (कोभिड १९) का कारण मारमा परेका परिवारहरुलाई राहत दिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त राहत सामाग्री सहयोग गरेको जानकारी दिएको छ ।

विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले चैत्र ११ गतेदेखि देशैभरी गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुले आर्थिक अभाव भोगरिहेको समयमा बैंकको न्यूरोड शाखाले पोखरा महानगरपालिका वडा न. ९ सँग समन्वय गरी आर्थिकस्तर न्यून भएका ५० घर परिवारहरुका लागि राहात प्याकेज वितरण गर्नका लागि ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको हो ।

बैंकका अनुसार यही असार १६ गते बैंकको न्यूरोड शाखाका प्रबन्धक गणेश आचार्यले पोखरा महानगरपालिका वडा न. ९ का अध्यक्ष रामराज लामिछानेलाई ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए । बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा उक्त परिवारहरुको जीवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा एक सय दुुई वटा वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation