दोलखाको बाघखोरमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु

 अर्थबुलेटिन संवाददाता   १९ असार, २०७७



काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले दोलखा जिल्लाको मागादेउराली,–०३ बाघखोरमा यही असार ३ गतेबाट १०४ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको जानकारी दिएको छ ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी गोविन्द श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । यो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकबम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकबम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैकले जनाएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिउल्लेखनियविश्वास एवं बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा  बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा सात लाखका दरले ४९ लाख , विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव छ लाख तथा विभिन्न संघ संस्थालाई छ लाख गरी हालसम्म कुल ६१ लाख रुपैयाँको सहयोग गरेको छ ।

विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरस (कोभिड १९) को महामारीबाट आक्रान्त बनेको अवस्थामा बैंकले सावधानीपूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हर सम्भव प्रयास गरिरहेको छ । नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकले लकडाउनको अवधिमा पभन ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटी लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको ए.टि.एमकुनै पनि बैंकको ए.टि.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation