ओली–प्रचण्ड छलफलमा कुनै टुंगो लागेन, भोलि फेरि बस्ने

 अर्थबुलेटिन संवाददाता   १९ असार, २०७७



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्णयक भनिएको छलफल निष्कर्षबिहिन भएको छ । शुक्रबार बालुवाटारमा करिब  ३ घण्टा चलेको छलफल भोलि स्थायी कमिटि बस्नुअघि फेरि छलफल गर्नेगरी टुंगिएको वालुवाटार स्रोतले जनाएको छ  । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माको पनि उपस्थिति रहेको थियो ।

विहान ११ बजेदेखि भएको छलफलमा कुनै ठोस निष्कर्ष भने ननिस्किएको बताइएको छ । यद्यपि उनीहरुबीच भोलि पुनः छलफल गर्ने सहमति भएको छ । स्रोतका अनुसार भोलि बस्ने स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल गर्ने सहमति भएको हो ।

वुधबार स्थगित भएको नेकपा स्थायी कमिटी बैठक शनिबार बिहान ११ बजे बस्दैछ । केही समय यता पार्टीमा आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष प्रचण्डलगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि त पार्टी नै फुट्ने पो हो कि भन्ने संघारमा पार्टी पुगेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation