सनराइज बैंकले दियो श्वेताश्री फाउन्डेशनलाई पाँच लाख

 अर्थबुलेटिन संवाददाता   १९ असार, २०७७



काठमाडौं । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउंडेशन (एसएसएफ  लाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकबम परोपकारी फाउंडेशनलाई सहयोग गरेको जानकारी दिएको छ ।

आज शुक्रबार एक कार्यक्रमको बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेताश्री फाउंडेशनलाई चेक हस्तान्तरण गर्दे फाउंडेशनले गरेको कामको प्रशंसा गरे । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९ को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको बताए ।

आगामी दिनमा पभन अन्य सामाजिक कार्यहरु गरिरहने उनको भनाई छ । यस्तै नायिका श्वेता खड्काले फाउंडेशनलाई विश्वास गरेकोमा सन्राइज बैंकप्रति कृतज्ञता जनाईन ।

सो फाउंडेशनले स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation