साताको पहिलो कारोवारमै नेप्सेमा झण्डै आठ अंकको वृद्धि

 अर्थबुलेटिन संवाददाता   २१ असार, २०७७



काठमाडौं । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से झण्डै आठ अंकले बढेको छ । गत साता लगातार उच्च अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से आज भने सात दशमलव ७७ अंकले मात्र बढेर १२ सय ६३ दशमलव ६८ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ३१ अंकले बढेर दुुई सय ६९ दशमलव ३४ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ७२ वटा कम्पनीहरुको २० हजार चार सय ७४ वटा कारोवारमा २८ लाख छ हजार आठ सय ९८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब तीन करोड ३९ लाख ९० हजार दुई सय ३१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक घटेर बाँकी सात वटा समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ७१ अंकले बढेर एक हजार ८५ दशमलव ८७ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि २७ दशमलव तीन अंकले बढेर पाँच हजार पाँच सय आठ दशमलव ३४ अंकमा पुुगेको छ ।

लघुुबित्त, जीवन बीमा, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन् । विकास बैंक, जलबिद्युुत, ट्रेडिङ, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक भने घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा सुर्योदय लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल पुुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation