साधना लघुुबित्तद्वारा साधारण सेयर बिक्री खुल्ला

 अर्थबुलेटिन संवाददाता   २१ असार, २०७७



काठमाडौं ।  साधना लघुुबित्त बित्तीय संस्थाले साधारण सेयर बिक्री खुल्ला गरेको छ । संस्थाले आज आईतबारबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहेको सात करोड सात लाख ८० हजार रुपैयाँ बराबरको सात लाख सात हजार आठ सय कित्ता साधारण सेयको बिक्री खुल्ला गरेको हो ।

संस्थाका अनुसार ग्लोवल आईएमई क्यापिटल मार्फत खुल्ला भएको साधारण सेयरको बिक्री कार्य छिटोमा असार २४ गते र ढिलोमा साउन चार गते बन्द हुुने छ । बिक्री खुल्ला गरिएको कुुल सेयर मध्येमा शुन्य दशमलव ५०  प्रतिशत अर्थात १० हजार आठ सय ९० कित्ता कर्मचारीहरुको लागि एवं पाँच  प्रतिशत अर्थात ३५ हजार तीन सय ९० कित्ता सामुुहिक लगानी कोषको लागि छुुट्याईएको छ ।

यसबाहेकको बाँकी सेयर भने सर्वसाधारणको लागि बिक्री गरिने संस्थाले जनाएको छ । सर्वसाधारणहरुले न्युुनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation