आज पनि नेप्सेमा उच्च वृद्धि

 अर्थबुलेटिन संवाददाता   २२ असार, २०७७



काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार पनि नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ३३ दशमलव २७ अंकले बढेर १२ सय ९८ दशमलव ७३ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव तीन अंकले बढेर दुुई सय ७५ दशमलव ८८ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ७६ कम्पनीहरुको १७ हजार तीन सय ८४ वटा कारोवारमा २७ लाख ३१ हजार चार सय ९८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ९२ करोड ७८ लाख ४१ हजार तीन सय २९ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सामुुहिक लगानी कोष बाहेक बाँकी सबै समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २१ दशमलव २९ अंकले बढेर ११ सय नौ दशमलव ८१ अंकमा पुुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ७४ दशमलव चार अंकले बढेर पाँच हजार सात सय ८२ दशमलव ७३ अंकमा पुगेको छ ।

विकास बैंक, जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन् । आज बढी कमाउने कम्पनीको सुचीमा नेपाल पुुर्नबीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा राधी जलबिद्युुत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी नै परेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation