नेप्सेमा पूरै हरियाली, झण्डै ३८ अंकले वृद्धि

 अर्थबुलेटिन संवाददाता   २३ असार, २०७७



काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलबार नेप्सेमा पुरै हरियाली छाएको छ ।  आज नेप्से ३७ दशमलव ९३ अंकले बढेर १३ सय ३६ दशमलव ६६ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ७१ अंकले बढेर दुुई सय ८२ दशमलव ५९ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ७८  कम्पनीहरुको १८ हजार एक सय ४० वटा कारोवारमा २८ लाख ८३ हजार नौ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब २१ करोड २४ लाख २६ हजार दुुई सय ६७ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २५ दशमलव ८३ अंकले बढेर ११ सय ३५ दशमलव ६४ अंकमा पुुगेको छ भने विकास बैंक समुहको सुचक ३४ दशमलव ८१ अंकले बढेर १७ सय आठ दशमलव ८९ अंकमा पुुगेको छ ।

जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।  
आज बढी कमाउने कम्पनीको सुचीमा मञ्जुुश्री फाईनान्स पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा खानीखोला हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation