

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । एनएमबि लघुुबित्त बित्तीय संस्थाले लाभांस पारित गरेको छ । संस्थाको सोमबार सम्पन्न भएको सातौं बार्षिक साधारण सभाले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट २५ लाख ५७ हजार नौ सय ९३ रुपैयाँ नगद लाभांश पारित गरेको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको शुन्य दसमलव ६३प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
संस्थाको केन्द्रिय कार्यालय, हेम्जा कास्कीमा सम्पन्न भएको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सजिंव सुब्बद्धारा प्रस्तुत आर्थिक वर्ष २०७५ र ७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७५र०७६ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गरेको छ ।
उक्त सभाले सर्वसाधारण समुह तर्फवाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु जितेन्द्र बाहेति र सविता सापकोटा निर्वाचित भएका छन् । सञ्चालक समितिका अध्यक्ष सञ्जिब सुब्बाले संस्थामा प्रविधिको उच्चतम प्रयोग गर्दै आउँदा दिनमा थप कार्यगत चुस्तता ल्याउने र ग्राहक सदस्यहरुको कारोवार थप सुरक्षीत बनाउदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेकाछन् ।