

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ । यस खातामा ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्सड डिपोजिट संगै आफ्नो नाममा विरुवा रोपाउन पाउनेछन् ।
वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको हो । यसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको सत् प्रतिसतसम्म कर्जा प्रदान गरिनेछ ।
एनएमबि ग्रीन फिक्सड डिपोजिट ब्यवसाय र हाम्रो वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने हाम्रो सचेत प्रयास हो । यस योजनाले हाम्रो मुल्यवान ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्छ जुन हामी बस्ने वातावरणलाई सुरक्षित तुल्याउन सक्दछौं ।”, बैंकले जारी विज्ञप्तिमा भनेको छ ।