२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साउन १ गतेदेखि नेपाल ट्रक व्यवसायी महासंघले ढुवानी सेवाका सवारी साधन सञ्चालन ठप्प पार्ने बताएका छन् । महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले साउन १ गतेदेखि ढुवानी सेवाका सवारी साधन सञ्चालन हुन नसक्ने बताएका हुन् ।
उनले बुधवार प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिमा सार्वजनिक यातायात सञ्चालन बारे भएको छलफलमा ढुवानीका साधानलाई भ्याटमा दर्ता गर्ने प्रावधान ल्याएका कारण सञ्चालनमा कठिनाई हुने बताएका हुन् ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ढुवानीका सवारी साधानको भाडामा मूल्य अभिबृद्धी कर लगाइएको भन्दै ढुवानी सेवा बन्द गर्ने उनको भनाइ छ । उनले कुनै पनि ढुवानीका साधन मूल्य अभिबृद्धी करमा दर्ता भएर नचलेको बताउँदै साउनदेखि सामान बोकेको भाडा लिँदा भ्याट बिल काटेर लिनुपर्ने भएको अहिले भ्याटमा दर्ता हुने अवस्था नभएको बताए ।
उनले भने–‘ढुवानीका सवारी साधन करमा दर्ता नभएकोले जसले भाडा दिन्छ उसलाई हामी बिल काटेर दिन सक्दैनौँ । साउन १ गतेबाट हामीले चाहँदा चाहदै पनि हाम्रो ट्रक लोड हुन सक्दैन । हामीले अर्थमन्त्रीलाई प्यानमा दर्ता भएर आउने अवस्था सिर्जना गर्न भनेका छौँ ।’