![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको चौंथो कारोवार दिन बुुधबार भने नेप्से घटेको छ । नेप्से आज भने १० दशमलव १३ अंकले घटेर १३ सय २६ दशमलव ५३ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि आज दुुई दशमलव ६४ अंंकले घटेर दुुई सय ७९ दशमलव ९५ अंकमा पुुगेको छ ।
नेप्सेमा आज एक सय ७९ कम्पनीहरुको १९ हजार पाँच सय ४१ वटा कारोवारमा २९ लाख ७७ हजार सात सय छ कित्ता किनबेच भएकाछन् भने सेयर कारोवार रकम एक अर्ब सात करोड ८४ लाख ६२ हजार दुई सय ४१ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ र होटल समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १० दशमलव ७९ अंकले घटेर ११ सय २४ दशमलव ८५ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि आठ दशमलव ६८ अंकले घटेर नौ सय ५२ दशमलव २४ अंकमा पुुगेको छ ।
विकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन् । आज बढी कमाउने कम्पनीहरुको सुचीमा सुर्योदय लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा तारागाउँ रेजिडेन्सी होटल परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।