सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयरबीच भुक्तानी सम्झौता

 अर्थबुलेटिन संवाददाता   २४ असार, २०७७



काठमाडौं । सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयर प्रालिबी बिलिङ तथा भुक्तानी सम्झौता भएको छ । आज बुुधबार आर्ईएमएस सँग बैकले बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आईएमएसका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेकाछन् ।

सम्झौता पश्चात् बैंक र आईएमएस विशेष साझेदारीमा प्रवेश गरेका छन् जसको मुख्य उद्देश्य आईएमएस द्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको छ ।

डिजिटल प्रणालीलाई थप प्राथमिक्ता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्युआर कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको छ । यसै गरी आईएमएस ले विभिन्न उत्पादन र सेवाहरू मार्फत आफ्नो ग्राहकलाई उपयुक्त सफ्टवेयर प्रदान गरिरहेको छ ।

तसर्थ यस सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation