

९ बैशाख, २०८२ | 22 Apr, 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा २० करोड रुपैयाँ राख्ने भएको छ । कर्मचारी सुरक्षा कोषमा रहेको रकम दुुई सय ४१ दिने मुुद्धती निक्षेपकोरुपमा २०७७ साउन एक गते देखि २०७७ फागुुन २९ गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैकका अनुसार रकम राख्न चाहाने बैंक तथा फाईनान्स कम्पनीहरुले यही असार २८ गते अपरान्ह चार बजेसम्म आवेदन दिनुुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार लगानी कुुल रकम मध्येमा बाँणिज्य बैंकको लागि १६ करोड, बिकास बैंकहरुको लागि तीन करोड र फाईनान्स कम्पनीहरुको लागि एक करोड रुपैयाँ छट्याएको छ ।
रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको दुुई बर्ष पुरा भएको, निष्क्रिय तोकिएको सिमा भित्र रहेको हुुनुुपर्ने लगायतका सर्तहरु तोकिएकाछन ।