कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच सहकार्य

 अर्थबुलेटिन संवाददाता   २६ असार, २०७७



काठमाडौं । कृषि विकास बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्जविच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता  भएको छ । सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गरको हुुन् ।

सम्झौता पश्चात कृषि विकास बैंकको एडिबिएल कृषि बैंक ऋणपत्र २०८३”, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ  । उक्त अवसरमा कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख उमेश पन्जियार, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल र एन आई वि.एल एस क्यापिटल लि.का संचालन अधिकृत राम कुमार महतको समेत उपस्थिती रहेको थियो । 

बैकका अनुसार नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७६।७७ का लागि जारी भएको मौद्रिक नीति मार्फत “वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋण पत्र जारी गर्नुपर्ने व्यवस्था गरिनेछ ।” भन्ने निर्देशन भएकोले उक्त निर्देशनको परिपालना स्वरुप जारी गरी नियमानुसार बांडफांड समेत भै सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको कृषि विकास बैंकको एक हजार अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन (डिबेञ्चर) १०.३५ प्रतिशत व्याजदर रहेको एडिबिएल कृषि बैंक ऋणपत्र २०८३”, को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबिच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता भएको हो ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation