इसेवा मनि ट्रान्सफर र रेमिटली युुएसएबीच डिजिटल रेमिट्यान्समा सहकार्य

 अर्थबुलेटिन संवाददाता   २६ असार, २०७७



काठमाडौं । डिजिटल रेमिटेन्समा ख्याती प्राप्त मनि ट्रान्सफर रेमिटली र  इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरुभएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सकिन्छ । साथै रेमिटलिबाट सिधै इसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिनेछ ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्पmत नेपालमा रेमिट्यान्स् कारोबार गर्दै आएको छ । अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै इसे्वाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दि इरहेको छ ।

इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै  नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु मूख्य उदेश्य रहेको बताए ।
 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation