

२९ बैशाख, २०८२ | 12 May, 2025
काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से नौ दशमलव दुुई अंकले बढेर १३ सय ४० दशमलव २९ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ९३ अंकले बढेर दुुई सय ८१ दशमलव ४२ अंकमा पुुगेको छ । एक सय ७९ कम्पनीहरुको १६ हजार आठ सय २६ वटा कारोवारमा २६ लाख ७८ हजार पाँच सय सात कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ११ करोड १० लाख ९० हजार दुुई सय ७२ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक घटेर सात वटा समुहको सुचक बढेकाछन । सो मध्ये वाणिज्य बैंक समुहको सुचक एक दशमलव १४ अंकले घटेर ११ सय २३ दशमलव ३४ अंकमा पुुगेको छ भने विकास बैक समुहको सुचक चार दशमलव एक अंकले घटेर १७ सय तीन दशमलव १२ अंकमा पुुगेको छ । यसैगरी होटल, जलबिद्युुत र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि ८० दशमलव ५४ अंकले बढेर छ हजार दुुई सय ३८ दसमलव ११ अंकमा पुुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ९७ दशमलव २४ अंकले बढेर आठ हजार दुुई सय चार दशमलव ६२ अंकमा पुुगेको छ । यि बाहेक फाईनान्स, लघुुबित्त, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा सुर्योदय लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा तिनाउ मिसन डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।