कुमारी बैंक र देवःविकास बैंकको एकीकृत कारोबार सुरु

 अर्थबुलेटिन संवाददाता   २८ असार, २०७७



काठमाडौं । कुमारी बैंक लिमिटेडले साविकको देवःविकास बैंक लिमिटेडलाई आज आईतबारदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ ।
कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ प्रा) ले संयुक्त रुपमा समुद्घाटन गर्दै एकीकृत कारोबारको शुभारम्भ गरेका हुुन ।

यस नयाँ कार्यथालनी पश्चात् कुमारी बैंकको कूल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल २१६, एटिएम संख्या १३८ लगायत कूल निक्षेप १२४ अर्ब, कूल कर्जा प्रवाह ११२ अर्ब तथा सेयर पूँजी १२.५२ अर्ब पुगेको छ ।

यस पश्चात् बैंक पहिले भन्दा सबल र आगामी दिनमा बैंकका शाखा÷एटिएम विस्तारित तथा बैंकिङ्ग सेवा सुविधा अझै उत्कृष्ट र ग्राहकमुखी हुदैं जानेमा बैंकले प्रतिबद्ध रहेको जानकारी गराएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation