सामान्य अंकले बढ्यो नेप्से

 अर्थबुलेटिन संवाददाता   २९ असार, २०७७



काठमाडौं । साताको दोस्रो कारोवार दिन सोमबार नेप्सेमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से आज दुुई दशमलव १२ अंकले बढेर १३ सय ४२ दशमलव ४० अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ८१ अंकले बढेर दुुई सय ८२ दशमलव २३ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ८४ कम्पनीहरुको १५ हजार चार सय ९१ वटा कारोवारमा ३७ लाख ३३ हजार पाँच सय पाँच कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब आठ करोड ८७ लाख १६ हजार एक सय १८ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहको कारोवार सुचक बढेर चार वटाको घटेको छ । जसमध्ये वाणिज्य बैैक समुहको कारोवार सुचक एक दशमलव १९ अंकले बढेर ११ सय २४ दशमलव ५३ अंकमा पुुगेको छ भने विकास बैंक समुहको सुचक तीन दशमलव आठ अंकले बढेर १७ सय छ दशमलव २० अंकमा पुुगेको छ ।

यसैगरी जलबिद्युुत, निर्जिवन बीमा,  लघुुबित्त, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । होटल, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक भने घटेकाछन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा नेपाल सेवा लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ओरेन्टल होटल समुह परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज प्रभुु बैंकको संस्थापक सेयर पहिलो स्थानमा परेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation