कुमारी बैंकद्वारा जोंटा क्लब काठमाडौंलाई सहयोग

 अर्थबुलेटिन संवाददाता   ३० असार, २०७७



काठमाडौं । कुमारी बैंक लिमिटेडले जोंटा क्लब काठमाडौं नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई सहयोग गरेको छ । उक्त संस्थाले समाजमा लैङ्गिक भेदभाव, अत्याचार एवं हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हकअधिकारका सम्बन्धमा विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस सेवा–उन्मुख संस्थाको मुख्य उद्देश्य महिला हकअधिकार, सशक्तिकरणका मुद्दामामिलाहरुमा स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै उनीहरुकोे क्षमता अभिवृद्धि गर्दै लैजानु रहेको छ । यस संस्थाका प्रसंशनीय कार्यहरुको कदर र सम्मानस्वरुप उक्त सहकार्य गरिएको बैंकका पधादिकारीले जानकारी दिएकाछन ।

कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त कार्यक्रम माझ बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनाले जोंटा क्लब काठमाडौं नेपालकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम सात लाखको चेक हस्तान्तरण गरेका हुुन ।

आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटिएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदैँ आएको बैंकले आगामीदिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत विभिन्न क्षेत्रमाअझै सेवामूलक तथा प्रभावकारी सेवा पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation