२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । नेप्से आज पाँच दशमलव चार अंकले बढेर १३ सय ४७ दशमलव ४४ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९५ अंकले बढेर दुुई सय ८४ दशमलव १८ अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ८६ कम्पनीहरुको १४ हजार चार सय ८९ वटा कारोवारमा २५ लाख ६८ हजार एक सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ९९ करोड ४५ लाख ४५ हजार एक सय नौ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक चार दशमलव नौ अंकले बढेर ११ सय २८ दशमलव ६२ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक दुुई दसमलव ९५ अंकले बढेर नौ सय ६१ दशमलव ३० अंकमा पुुगेको छ । यसैगरी होटल, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेको छ ।
विकास बैंक समुहको सुचक भने आज एक दशमलव ६९ अंकले घटेर १७ सय चार दशमलव ५१ अंकमा पुुगेको छ । फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा एन आईसी एशिया ब्यालेन्स फण्ड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा समृद्धि फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।