२४ माघ, २०८१ | 06 Feb, 2025
काठमाडौं । साताको अन्तिम कारोवार दिन नेप्से ३२ दशमलव ४२ अंंकले बढेर १३ सय ९४ दशमलव ७७ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि छ दशमलव ८१ अंकले बढेर दुुई सय ९५ दशमलव छ अंकमा पुगेको छ ।
एक सय ८० कम्पनीहरुको १६ हजार पाँच सय ४५ वटा कारोबारमा २९ लाख १४ हजार पाँच सय १८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब चार करोड १७ लाख ७० हजार आठ सय ६७ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैक समुहको सुचक ४० दशमलव ९९ अंकले बढेर ११ सय ९३ दशमलव ९९ अंकमा पुुगेको छ भने विकास बैंक समुहको सुचक ६० दशमलव पाँच अंकले बढेर १७ सय ७१ दशमलव ४८ अंकमा पुुगेको छ ।
जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।
आज बढी कमाउने कम्पनीको सुचीमा एनआईसी एशिया लघुुबित्त बित्तीय संस्था परेको छ भने गुमाउने कम्पनीको सुचीमा ओरन्टल समुह पहिलो स्थानमा परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।